गुडबिल फाइनान्सको गैर सञ्चालन नाफामा बढेसँगै खुद नाफा बढ्यो, खुद ब्याज आम्दानी घट्यो

६ भाद्र २०७८, आईतवार १४:०३

काठमाडौं । गुडबिल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमाससम्ममा आइपुग्दा फाइनान्सको खुद ब्याज आम्दानी घट्दा पनि खुद नाफा भने बढेको छ । कम्पनीको गैर सञ्चालन नाफामा आकर्षक वृद्धि भएकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।

अघिल्लो वर्ष १९ लाख ५१ हजार रुपैयाँ रहेको गैर सञ्चालन आम्दानी असार मसान्तसम्म १९ करोड ४० लाख २९ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ६९.८५% ले बढेर १८ करोड ३१ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ७८ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

फाइनान्सको वितरणयोग्य नाफा ५१ दशमलव ४९ प्रतिशतले बढेर ७ करोड ३६ लाख ३ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी २ दशमलव ०९ प्रतिशत ले घटेर २६ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।
फाइनान्सको प्रतिशेयर आम्दानी वार्षिक २१ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ५२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*