बीमा अभिकर्ताहरुद्वारा १०१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन

६ भाद्र २०७८, आईतवार ०८:२१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलनरत बीमा अभिकर्ताहरुले १०१ सदस्यी आन्दोलन परिचालन कमिटी गठन गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापनसँग शुक्रबार दिनभर भएको वार्ता प्रयासमा सहमति हुन नसकेपछि आगामी भदौं १० गते १० बजेसम्म माग पुरा गर्न अल्टिमेटम दिँदै आन्दोलन स्थगित गरेका छन् । शुक्रबार नै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताहरुको भेलाले गणेश अधिकारीको संयोजकत्वमा १०१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरी व्यवस्थित रुपमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको नियम अनुसार बीमा अभिकर्तालाई हुनुपर्ने १८ प्रतिशतको स्ल्याव व्यवस्थापन गर्न एजेन्सी म्यानेजरहरुको टार्गेट स्ल्याव बृद्धि गरेपछि अभिकर्ताहरु आन्दोलित हुँदै आएका छन् । बीमा अभिकर्ता र व्यवस्थापनबीच वार्ता र संवादहरु निरन्तर जारी रहेकोले छिट्टै सहमति हुने विश्वास लिएको बीमा अभिकर्ताहरुले जनाएका छन् ।

6 thoughts on “बीमा अभिकर्ताहरुद्वारा १०१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन

  1. दुर्गा भट्टराई says:

    पेशागत बीमा अभिकर्ताको पेशाको संरक्षणको लागि हामि अभिकर्ता एक हौ

  2. जगत तारामी says:

    एक दमै राम्रो काम।यो बिमा समितिले २०७८ असार २३ अघि काटिएका ,२ किस्ता बुझाइएका किस्ताका रकम पनि भुक्तानि गर्नुपर्छ।

  3. नरेन्द्र राई says:

    आबश्याक्ता अनुशार पुरै नेपाल भरी बाट हामी आन्दोलित हुन तयार छौ खवरदार नेपाल लाइफ

  4. होम आले says:

    सङगठनकाे लक्ष्य पूरा होस

  5. मक्सुद शेख says:

    जहिले पनि काम बढायो भने पैसा पनि वृद्धि गर्नु पर्छ तर nepal life ले काम बढायो अनि पैसा घटायो । यस्तो निर्णय गर्ने र गराउने लाई हामी रामगोपालपुर साखा का सम्पुर्ण अभिकर्ता हरु घोर भ्रशना गर्द्छौ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*