लघुवित्तका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न

५ भाद्र २०७८, शनिबार २०:४०

काठमाडौं ।लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त सङ्घ नेपालले लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।काठमाडौंमा भएको दुईदिने सम्मेलनले नौबुँदे प्रतिबद्धतापत्र समेत घोषणा गरेको सङ्घले जनाएको छ।

प्रतिबद्धतापत्रमा शाखा कार्यालय विस्तार गर्दा सदस्य दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने, कर्मचारी नियुक्त गर्नु पूर्वअघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको पत्र लिने, कर्मचारीको दक्षता अभिवृद्धि सम्बन्धी विषय समेटिएका छन् ।

सम्मेलनमा लघुवित्त वित्तीय करिब ४० सिइओको सहभागिता रहेको थियो । सहभागी प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाश श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव तथा लघुवित्त विज्ञ डा मानबहादुर विक र लघुवित्त विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा भरतसिंह थापाले प्रशिक्षण दिएका थिए ।त्यस्तै, माइक्रो फाइनान्सका अध्येता विश्वविद्यालयका प्राध्यापक अर्लभटो लाजाभेचियाले जुममार्फत प्रशिक्षण दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*