युनाइटेड इदी मर्दीको विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा देखियो सुधार

५ भाद्र २०७८, शनिबार २०:१५

काठमाडौं । युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा चार करोड ६० लाख ८२ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी ४ करोड १४ लाख नोक्सानीमा थियो ।

सो अवधिमा कम्पनीको विद्युत् विक्री आम्दानी २७ प्रतिशतले बढेर १३ करोड ४५ लाख ८ हजार रुपैयाँ पुगेको छ । कम्पनाीको चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ लाख ४८ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९७ पैसा र प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*