बर्दिवासमा लुम्बिनी जनरल इन्स्योरेन्सको प्रदेशस्तरीय मार्केटिङ कन्फ्रेन्स सम्पन्न

४ भाद्र २०७८, शुक्रबार २३:२४

जनकपुर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आज बर्दिबासमा प्रदेशस्तरीय मार्केटिङ कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीका डेपुटी सिईओ रमेश कुमार भट्टराईको उपस्थितिमा प्रदेश नं २ का शाखा प्रमुख तथा मार्केटिङ शाखाका कर्मचारीहरु समावेश गरेर तालिमम तथा अन्तरक्रिया गरिएको हो ।

सो कम्पनीका प्रदेश नं २ का प्रमुख निशान्त लामिछानेको संयोजनमा हेटौडा शाखासहित प्रदेश नं २ का सबै शाखाका कर्मचारीहरुको उपस्थितिमा मार्केटिङ रणनीति, भावी योजना तथा कार्ययोजनामाथि छलफल भएको हो ।

कार्यक्रमपछि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुमा उत्साह र उर्जा भरिएको कन्फ्रेन्समा सहभागी कर्मचारीले जनाएका छन् । कम्पनीले प्रदेश नं १ बाट सुरु गरेको तालिम तथा अन्तरक्रिया आज प्रदेश नं २ को बर्दिबासमा आयोजना गरिएको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले अब क्षेत्रगत रुपमा फरक फरक रणनीतिसहित बीमा व्यवसाय बृद्धि तथा जनतामा बीमाको पहुँच बृद्धिका लागि काम गर्ने जनाएको छ ।

(जनकपुरबाट कलाम हुसेनको सहयोगमा)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*