आईपीओ निष्काशनको तयारीमा रहेका पाँच जीवन बीमा कम्पनीको वित्तीय विवरणमा यस्तो प्रगति

५ भाद्र २०७८, शनिबार ०७:०४

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये पाँच वटा बीमा कम्पनीले प्राथमिक शेयर आईपिओ जारी गर्न बाँकी छ । १२ वटा बीमा कम्पनीको संरचनामा सर्वसाधारणको उपस्थिति छ भने सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान कम्पनी ऐनको ढाँचामा नभएकोले सर्वसाधारणको पहुँच सम्भव छैन ।

त्यसैगरी, अमेरिकन मेट लाइफको नेपालस्थित शाखा कार्यालय नेपालमा दर्ता भएको कम्पनी नभएकोले शेयर संरचनामा सर्वसाधारणको पहुँच छैन । प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारीमा रहेको पाँच वटै जीवन बीमा कम्पनीले गत आर्थिक बर्षको बार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

चार वर्ष अघि दर्ता भएका रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले मात्रै सर्वसाधारणलाई आईपीओ जारी गरिसकेका छन । सानिमा लाइफले आईपीओ निष्काशन गरेको भएपनि नेप्सेमा सूचीकृत नभएको कारण दोस्रो बजारमा कारोबार हुन बाँकी छ ।

रिलायवल नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्न बाँकी छ । त्यसमध्ये रिलायवल लाइफ र सन नेपाल लाइफले प्रिमियम मूल्य सहित आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

रिलायवल नेपाल लाइफले प्रिमियम मूल्य सहित प्रतिकित्ता २ सय २० रुपैयाँमा आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ भने सन नेपालले आफनो बार्षिक साधारण सभाबाट प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित अघि बढाएका छन् ।

खुद बीमाशुल्क आर्जनको आधारमा

आईपीओ निष्काशनको तयारीमा रहेका पाँच जीवन बीमा कम्पनीहरुले गत आ.वको चौथौ त्रैमासको अन्तयसम्ममा १२ अर्ब ११ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
यस अवधिसम्ममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, रिलायवल लाइफले २ अर्ब ९५ करोडरुपैयाँ, आइएमई लाइफले २ अर्ब ७३ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ९० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरका छन् ।

खुद नाफाको आधारमा

चौथो त्रैमाससम्ममा रिलायबल लाइफ इन्स्योरेन्सको खुद नाफामा अगाडि रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २२ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, आइएमई लाइफले १३ करोड ४ लाख, सन नेपाल लाइफले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरका छन् ।

जीवन बीमा कोष र जगेडा कोषको आधारमा

पाँच जीवन बीमा कम्पनीमध्ये सिटिजन लाइफले जीवन बीमा कोषमा रकम सबैभन्दा धेरै रकम संचिति रहेको छ । त्यस्तै, रिलायबल लाइफको जगेडा कोषमा रकम संचित रहेको छ ।
त्यस्तै, सिटिजन लाइफको जीवन बीमा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ र जगेडा कोषमा ७७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । यस्तै आइएमई लाइफको जीवन बीमा कोषमा २ अर्ब ९७ करोड रुपैयाँ, रिलायवल लाइफको २ अर्ब ५८ करोड रुपैयाँ, सन नेपालको २ अर्ब ३९ करोड रुपैयाँ सञ्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*