बीमा समिति र निर्जिवन बीमा कम्पनीबीच दाबी भुक्तानीको समस्या र निराकरण सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

४ भाद्र २०७८, शुक्रबार १८:५७

काठमाडौ । बीमा समितिले निर्जीवन बीमा कम्पनीका दावी विभाग प्रमुखहरुसँग दाबी भुक्तानी सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। समितिले हाल निर्जिवन बीमा कम्पनीहरुमा बीमा दाबी भुक्तानीमा देखिएका समस्या र त्यसका साधानका बिषयमा कम्पनी र नियमक निकाय बीमा समितिका उच्च अधिकारीबीच छलफल कार्यक्रम सम्पन्न गरेको हो । उक्त अन्तक्रियामा औपचारिक र अनौपचारिक गरि दुई सेसनमा कार्यक्रम चलाईएको थियो ।

उक्त अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथिमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बिशेष अतिथिमा कार्यकारी निर्देशक राजुरमण पौडेल, इन्स्योरेन्स इन्टिच्यूटको तर्फतबाट भोजराज अधिकारी, समितिका निर्देशक दिनेशलाल कर्ण, पुजन ढुङ्गेल अधिकारी, शुशील देव सुवेदी उजुरी विभागका विरोध भट्ट, सहायक निर्देशक रञ्जिता के.सी र सम्पुर्ण निर्जीवन बीमा कम्पनीका दाबी विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

उक्त अन्तक्रिया कार्यक्रम तथा छलफल कार्यक्रममा निर्देशक दिनेशलाल कर्णले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यक्रममा बीमा दाबी भुक्तानीबीचमा बीमा कम्पनीहरुको सक्रियता देखिनुपर्ने र यस्का समस्या र सामाधानको बिषयमा प्रस्तुती दिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सूर्या सिलवालले समयमा नै बीमा दाबी भुक्तानीमा बीमा कम्पनीले जोड दिनुपर्ने कुरामा जोड दिएका थिए । उनले कार्यक्रमका बोल्दै, कम्पनीले दाबी भुक्तानी जति छिटो बुझाउछ त्यक्ति नै बीमा कम्पनी प्रति बीमितको विश्वनियता बढ्न मद्धत पुराउने धारण व्यक्त गरेका थिए । बीमा कम्पनीले दाबी भुक्तानीमा ढिलाई गर्दा बीमा समिति माथि नै प्रश्न चिन्ह्र हुँदा यस बिषयमा गम्भिर रुपमा सोच्न बीमा कम्पनीका दाबी विभाग प्रमुखहरुलाई आग्रह गरेका थिए ।

त्यस्तै, कार्यक्रममा उपस्थित बीमा कम्पनीका प्रमुख दाबी विभाग प्रमुखहरुले बीमा कम्पनीले दाबी भुक्तानीमा आनाकानी नगरेको कुरा सपष्ट पारेका थिए । बीमा दाबी पश्चात् सर्भेयरको प्रतिवेदन, बीमा दाबीका लागि आवश्यक कागजात, बिल पेश गर्ने प्रकृयामा ढिलाई जस्ता विविध पक्षका कारण यस्तो समस्या देखिएको कार्यक्रममा सपष्ट पारेका थिए ।
त्यस्तै, फर्जी दाबी भुक्तानी जस्ता समस्याहरु विकराल रुपमा रहेको कारण बीमा समितिले यस्ता बिषयलाई बिशेष ध्यान दिनुपर्ने कुरामा ध्यानाकर्षण गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*