सेन्चुरी कमर्सियल बैंक र कर्णाली प्रदेश कृषि मन्त्रालयबीच सहुलियतपुर्ण कर्जा सम्बन्धी सम्झौता

४ भाद्र २०७८, शुक्रबार १५:१५

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले र कर्णाली प्रदेशको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बिच सम्झौता भएको छ । बैंकले आफ्ना शाखाहरुबाट ब्यावसायिक कृषकहरुलाई सहुलियतपुर्ण कृषि कर्जा प्रदान गर्न भएको हो ।

मन्त्रालयले सञ्चालनमा ल्याएको ब्यावसायिक कृषि तथा पशुपन्छीपालन ब्यावसायको लागि ब्याज अनुदान कार्यक्रम कार्यविधी, २०७६ कार्यान्वयनमा ल्याउन बैंकसंग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीन कुमार दाहाल र मन्त्रालयका तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रुसाद मिश्रले हस्ताक्षर गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*