कुमारी बैंकले कोरोना कोषमा आर्थिक सहयोग

४ भाद्र २०७८, शुक्रबार १५:१२

काठमाडौं । कुमारी बैंकले कोरोना आर्थिक कोषमा सहयोग गरेको छ । बैंकले दमक उद्योग वाणिज्य संघद्धारा सञ्चालित कोरोना महामारी नियन्त्रण अभियान कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको हो ।

बैंकले एक कार्यक्रमबीच उर्लाबारी शाखा प्रबन्धक युवराज दाहालले वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेको हो ।
संघले कोेरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै आर्थाक रुपले विपन्न र सिमान्तकृत परिवारलाई उपभोग्य सामग्री आर्जनका निम्ती काम गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*