जन्मदिनको अवसरमा १० लाखको बीमा पोलिसी उपहार

४ भाद्र २०७८, शुक्रबार १३:५८

काठमाडौं । पछिल्लो समय जन्मदिनको अवसरमा आफनो सन्तानको भावि सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गईरहेको छ।
यसै क्रममा बिराटनगर महानगरपालिका वडा नंम्बर ४ निवासी सरोज पौडेल र उनकी श्रीमती सृजना कार्कीले आफ्नो पहिलो सन्तान छोरी श्रीयन्सा पौडेलको पांचौ जन्मदिनमा महालक्ष्मी लाइफबाट १० लाखको एउटा पोलीसी उपहार दिएका छन् ।

पौडेलका अनुसार यसो गर्दा बच्चाको भविष्यको सुनिश्चितता हुनुका साथै अभिभावक पनी भबिष्यमा आईपर्ने बच्चा प्रतिको दायित्वबहनमा समेत सहयोग पुग्ने बताए । समाजमा हुने यस्ता तडक भडकलाई अब बिस्तारै कम गर्दै हामिले आफु र आफ्नो परिवारलाई सुरक्षित गर्नका लागी गरिने यस्ता असल कार्यले अझ खुसि मिल्ने र आजको यस कार्यले अझै खुसी मिलेको बताए ।

उनले उपहार दिएको “ जिबन हेरचाह पोलिसी “ दश लाख रुपैयाँको गर्दा पचासलाख सम्मको लाभ बच्चाले पाउनेगरी सो पोलिसिको बिशेषता रहेको हुदा उनि सो पोलिसी गरेर ढुक्क रहेको बताए ।
बीम आफैमा राम्रो भएको हुदा नेपालमा भएका १९ वटा लाईफ ईन्स्योरेन्स कम्पनी मध्ये जुनसुकैमा पनी बुझेर आफु र आफ्नो परिवारको सुरक्षा साथै भबिष्यको लागी बचत समेत हुने भएको हुदा सबैले आफ्नो केही फजुल खर्चलाई कटौती गरि बचत गर्ने बानिको बिकास गर्न समेत अनुरोध गरे । यस भन्दा अगाडीसमेत नानिकै नाममा एक थप पोलिसी समेत रहेको उनको भनाई छ । सरोज पौडेल हाल कम्पनीका सिनियर एजेन्सी मेनेजर हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*