सानिमा लाइफले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

४ भाद्र २०७८, शुक्रबार १२:५०

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेबाट १ सय १६ रुपैयाँ ७४ देखि ३५० रुपैयाँ २२ पैसा ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आव २०७७/७८ को बास्तविक नेटवर्थ रू. ११६ दशमलव ७४ रहेकाले र नेप्सेले नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । उक्त शेयरमध्ये ५४ लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*