कुमारी इक्वीटी फण्डद्धारा प्रतिफल घोषणा, कति प्रतिशत वितरण गर्ने ?

४ भाद्र २०७८, शुक्रबार १२:१६

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले प्रतिफल वितरण गरेको छ । फण्डले कर सहित ५ प्रतिशत नगद लाभांश भदौ १ गते देखी विवरण गरेको हो ।

प्रतिफल वितरणका लागि फण्डले साउन २५ गते बुक क्लोज गरेकाले साउन २४ गतेसम्म कायम इकाईधनीहरुलाई फण्डको प्रतिफल वितरण गरेको हो ।

आर्थिक बर्ष २०७७।०७८ को लागि उक्त प्रतिफल वितरणको जनाएको छ । अहिलेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराउने इकाईधनीहरु लाई बैंक खाता अद्यावधिक गराई प्रतिफल सुरक्षित गर्न फण्डले अनुरोध गरेको छ । साउन १७ गते इकाईधनीका लागि कर सहितको ५ प्रतिशत नगद लाभांश वितरण गर्न निर्णय फण्डले गरेको थियो ।

फण्डको योजना ब्यवस्थापनमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*