मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

४ भाद्र २०७८, शुक्रबार १२:०८

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूूहको शेयर लिलामिमा बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ८६ हजार ३३९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य ५७६ रुपैयां तोकेको छ । संस्थापक शेयरधनीलाई उक्त खरिद गर्न ३५ दिन सुुचना निकाले पनि सो अवधिमा कुनै पनि आवेदन नपरे पछि लिलामी प्रक्रिया अगाडि बढाएको हो । इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति,कम्पनी, संघ संस्थाले उक्त शेयर खरिद गर्न चाहेमा सम्पूर्ण विवरण खुलाई भदौ १८ गते कार्यालय समय भित्र एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*