मानुषी लघुवित्तको प्रि– अलटमेन्ट सम्पन्न, कहिले हुँदैछ बाँडफाँड?
३ भाद्र २०७८, बिहीबार १९:०९
काठमाडौं । मानुषीलघुवित्तको प्राथमिक शेयर (आइपीओ) प्रि– अलटमेन्ट सम्पन्न भएको छ। कम्पनीको शेयरमा ३६ हजार ५ सय ५९ जनाले ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर पाउने भएका छन् बाँकि ३ जना भाग्यशालीले ११ कित्ता शेयर पाउने भएका छन् ।
कम्पनीको शेयरमा २३ लाख ५४ हजार ७ सय २८४ जना आवेदकले आवेदन दिएको थियो । जसमध्ये ७ हजार ४३ जनाको आवेदन रद्य भएको छ । त्यसैले, सिडिएस र बोर्डको अनुमति भएसँगै अर्को सातासम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेको क्यापिटलले जनाएको छ ।
लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।