नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच गैरकोषमा आधारित बैंकिङ सुविधा सम्बन्धी सम्झौता
काठमाडौं । नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच सम्झौता भएको छ। दुई बैंकबीच ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता भएको हो ।सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत विभिन्न सुविधाहरु उपभोग गर्न पाउनेछन् ।
यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकका ग्राहकले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन्। यसका साथै यस सम्झौतापश्चात दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सहवित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबारसमेत अगाडि बढाउने लक्ष्य राखिएको छ।
नबिल बैंकसँग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकले आउँदा दिनमा प्रतितपत्र, बैंक जमानत, डिमान्ड ड्राफ्टलगायतका वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरण मुक्तिनाथ विकास बैंकका शाखाहरुबाट नै प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकलाई समग्र बैंकिङ सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराए।