नेपाल फाइनान्स कम्पनीको शेयर सूचीकृत
३ भाद्र २०७८, बिहीबार १५:२८
काठमाडौं । नेप्सेमा आज नेपाल फाइनान्स कम्पनीको सेयर सूचीकृत भएको छ ।नेप्सेमा नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि नेपाल फाइनान्सको नामबाट १८ लाख ७९ हजार ४ सय ५२ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।