मानुषी लघुवित्तको प्रि-अलटमेन्ट आज, बाँडफाँड कहिले ?

३ भाद्र २०७८, बिहीबार १४:०३

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर आज ‘प्रि अलटमेन्ट’ हुने भएको छ । कम्पनीको बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले सम्पुर्ण प्रकृयाँ पुरा गरि आज अपरान्ह ३ बजे प्रि अलटमेन्टको तयारी गरेको छ ।

कम्पनीको बिक्रि प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले डाटा भेरिफिकेसनको काम आजसम्म सम्पन्न भएसँगै प्रि–अलोटमेन्ट आज ३ बजे गर्ने तयारी रहेको जानकारी दिएको छ ।

त्यसैले, सिडिएस र बोर्डको अनुमति भएसँगै अर्को सातासम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेको क्यापिटलले जनाएको छ । लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
लघुवित्तको आइपीओमा मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

One thought on “मानुषी लघुवित्तको प्रि-अलटमेन्ट आज, बाँडफाँड कहिले ?

  1. prem bahadur khadayat says:

    Good

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*