सिनर्जी पावर डेभलपमेण्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
३ भाद्र २०७८, बिहीबार १३:१८
काठमाडौं । सिनर्जी पावर डेभलपमेण्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रस्ताव गरेको १० दशमलव ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
यस वर्ष कम्पनीले मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसका लागि कम्पनीले भदौ १८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने छ ।जसका कारण भदौ ३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन लाभांशको हकदाबी गर्न पाउनेछन् ।