एचआइडिसिएलको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन
३ भाद्र २०७८, बिहीबार ११:४२
काठमाडौं । हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले जेठ २७ गतेसम्म कायम सावित शेयरधनीहरुका लागि १ः१ को अनुपातमा प्रतिशेयर अकिंत मूूल्य १ सयका दरले ११ करोड कित्ता हकप्रद शेयरको निष्कासन तथा बिक्री खुुुल्ला गरेको हो ।
उक्त हकप्रद शेयर खरिद गर्न चाहने शेयरधनीहरुले भदौ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।