सांग्रिला डेभलपमेन्ट बैंकको करिब २६ हजार संस्थापक शेयर लिलामीमा
३ भाद्र २०७८, बिहीबार ११:०६
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २५ हजार ९११ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
बैंकका संस्थापक शेयरधनी कमला देवी शर्माले ६ हजार ८६ कित्ता र सरस्वती गुुरुङले १९ हजार ८२५ कित्ता शेयर बिक्री गर्नका लागि आवेदन दिएकोमा सञ्चालक समितिले रित पुर्याइ बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै तोकिएको अवधिसम्म कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य व्यक्तिलाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।