हाथवे इन्भेष्टमेन्ट नेपालले १४ करोड ६२ लाखको शेयर सर्वसाधारणलाई बिक्री गर्ने, शेयरधनीलाई ५५ प्रतिशत लाभांश दिने निर्णय

३ भाद्र २०७८, बिहीबार ०९:५९

काठमाडौं । बैंक, बीमा कम्पनीमा ठूलो लगानी गरेको हाथवे इन्भेष्टमेन्ट नेपाल लि. नामक लगानी समुहको कम्पनीले सर्वसाधारणलाई १४ करोड ६२ लाख ५० हजार रुपैयाँको शेयर बिक्री गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । कम्पनीले जारी पुँजि एक अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो ।

कम्पनीले यही भदौं २५ गतेका लागि डाकेको १३ औं बार्षिक साधारणसभा विशेष प्रस्तावको रुपमा २९ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई विक्री गर्ने सम्बन्धी प्रस्ताव लैजाने आज प्रकाशित सूचनामा जनाइएको छ ।

प्रभु ग्रुप, आईएमई ग्रुप लगायतका ठूला खेलाडीहरुको लगानी गर्ने कम्पनी हाथवे इन्भेष्टमेन्ट नेपाल गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत नगद र २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव साधारणसभाबाट पारित भएपछि सिधैं लगानीकर्ताको खातामा जानेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*