सिटिजन्स म्युचुअल फन्ड–१ र २ को प्रतिफल घोषणा, कुनको कति ?

३ भाद्र २०७८, बिहीबार ०७:२२

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत संचालित दुई योजनाको लाभांश घोषणा गरेको छ। फन्डको भदौ १ गते सम्पन्न संचालक समितिको बैठकले सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ को गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिफल घोषणा गरेको हो।

उक्त संचालक समितिको बैठकल यी दुवै योजनाका इकाइधनीहरुलाई ४०/४० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
सिटिजन्स म्युचुअल फन्ड–१ का इकाइधनीहरुलाई ४० प्रतिशतका दरले कुल ३२ करोड ८० लाख रुपैयाँ र सिटिजन्स म्युचुअल फन्ड–१ का इकाइधनीहरुलाई ४० प्रतिशतका दरले कुल २२ करोड ४० लाख रपैयाँ वितरण गरिनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*