इसेवाले शेयर खरिद गरेको रकम भुक्तानी गर्नेलाई १० कित्ता शेयर फिर्ता गर्ने, यस्तो छ सुविधा
काठमाडौं । इसेवाले शेयर खरिद गरेको रकम इसेवाबाट भुक्तानी गर्नेलाई खरिद गरेको १० कित्ता शेयर बराबरको रकम फिर्ता गरिदिने भएको छ । इसेवाले “१० कित्ता शेयर सित्तैमा” अफर योजना ल्याएको छ।
इसेवाकाबाट नेप्सेको अनलाइन कारोबार प्रणालीबाट शेयर खरिद गर्नेहरुको हकमा मात्र यो अफर लागू हुनेछ । अफरमा सहभागी हुनका लागि टीएमएसमा उल्लेख भएको लगानीकर्ताको नाम इसेवा एकाउण्टमा पनि मिल्नु पर्ने इसेवाले जानकारी दिएको छ।
यस योजना मार्फत लगानीकर्ताले ब्रोकरलाई शेयर वापतको रकम आफ्नै इसेवा खाताबाट भुक्तानी गर्नु पर्ने हुन्छ । यसरी रकम भुक्तानी गरे पछि लगानीकर्ताले भुक्तान गरेको कम्पनीको १० कित्ता शेयरको मूल्य वा १५ हजार रुपैंया मध्ये जुन कम हुन्छ त्यो रकम गोला प्रथाबाट १ जनालाई फिर्ता गरिने इसेवाले जनाएको छ ।साउन ३० गतेदेखि सुरु भएको अफर भदौ ११ गतेसम्म सञ्चालन हुने इसेवाले जनाएको छ ।
मेरो शेयर तथा डिम्याट खाता नबीकरण गर्ने मध्येबाट विजेता छनौट भएको खण्डमा त्यस्ता प्रयोगकर्ताले भने विजेता भईसके पछि टीएमएसबाट शेयर खरिद गर्नु पर्ने हुन्छ । यसरी शेयर खरिद गरेको रकम इसेवाबाट भुक्तानी गर्ने क्रममा १० कित्ता शेयर बराबरको रकम वा बढीमा १५ हजार रुपैंया विजेताको खातामा रकम जम्मा गर्ने इसेवाले जानकारी दिएको छ।