नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच शोधवृत्तिसम्बन्धी समझदारी
काठमाडौं । नेपाल राष्ट्र बैंक र विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धानकार्यमा सहकार्य गर्ने समझदारी भएको छ ।गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा भदौ १ गते बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो । सझदारीपत्रमाबैंकका तर्फ बाट जनशक्ति व्यवस्थापन विभागकाका.मु.कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागकाप्रमुख प्रा.डा. शिवराज अधिकारी र व्यवस्थापनकेन्द्रीय विभागका प्रमुख प्रा.डा. रामजी गौतमलेहस्ताक्षर गरेको थियो ।
उक्त समझदारीअनुसार अर्थशास्त्र रव्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्पmकादुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ ।साथै, बैंकमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमाविश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाईप्राथमिकता दिइने समझदारीसमेत भएको छ।
सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैमा सकारात्मक सुरुआत रहेको उल्लेख गर्दै योसहकार्यले प्राज्ञिक शोध/अनुसन्धानमा महत्वपूर्णउपलब्धि हासिल हुने विश्वास व्यक्त गरेको थियो ।कार्यक्रममा का.मु.कार्यकारी निर्देशकघिमिरेले उक्त समझदारीले शोध/अनुसन्धानकार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोतसामग्री उपलब्ध हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.अधिकारीले उक्त समझदारीसँगैविश्वविद्यालयको अनुसन्धान कार्यको गुणस्तर
अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको थियो । यसै गरी, व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.डा. गौतमले बैंक र विश्वविद्यालयबीचकोसमझदारीलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।कार्यक्रममा डेपुटी गभर्नरद्वय डा.नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा.नेफिल मातङ्गिमास्केलगायत बैंकका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो ।