मानुषी लघुवित्तको प्रि–अलोटमेन्ट भोलि गर्ने तयारी

२ भाद्र २०७८, बुधबार १५:४६

काठमाडौं । मानुषी लघुवित्तले साधारण सेयर (आईपीओ) को बाँडफाँड भोलि गर्ने तयारी गरेको छ। कम्पनीको बिक्रि प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले डाटा भेरिफिकेसनको काम आजसम्म सम्पन्न गरेर प्रि–अलोटमेन्ट भोलि गर्ने तयारी गरिएको छ । डाटा भेरिफिकेशनको कार्य कति सकिन्छ त्यसमा निर्भर रहने भएको कारण भोलि नै हुन्छ भन्ने एकिन नभएको तर सकेसम्म भोलि नै गरेर आईतबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको क्यापिटलले जानकारी गराएको छ ।

त्यसैले, सिडिएस र बोर्डको अनुमति भएसँगै आईतबारसम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेको क्यापिटलले जनाएको छ । लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

लघुवित्तको आइपीओमा मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*