६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । शेयर बजारमा नयाँ रेकर्ड कायम कायम हुँदा आज नेप्सेमा सूूचिकृत २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज ३७ अकंले बढ्दा २१ अर्ब माथिको कारोबार भएको छ ।
बुधबार ६ कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट, अरुण काबेली पावर, शिवम् सिमेन्ट र जीवन विकास लघुवित्त रहेको छ । त्यस्तै आँखु खोला जलविद्युत् र महालक्ष्मी विकास बैंकको सर्किट लेभलमा कारोबार भइ सर्वाधिक कमाउन सफल भएका हुन् ।
आज गुमाउने कम्पनीहरुमा एसबिएल डिबेञ्चरकोे ५.८६ प्रतिशतल अकं, एनआईबिएल प्रगति फण्डको ४.६१ प्रतिशत अकं, एनआईसि एशिया डिबेञ्चरको ३.९६ प्रतिशत अकं र आरएसडिसि लघुवित्तको ३.३५ प्रतिशत अकंले घटेको हो ।