शेयर बजारमा नयाँ रेकर्ड कायम हुँदा २१ अर्ब माथिको कारोबार, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

२ भाद्र २०७८, बुधबार १५:२४

काठमाडौं । बुधबार नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले बृद्धि भई उच्च विन्दु कायम गर्न सफल भएको छ । पूँजीबजारमा नेप्से परिसूचकमा ३७ अंकको बृद्धि हुुँदा ३१९८ दशमलव १९ विन्दु कायम गरेको छ । नेप्से झण्डै ३२०० को विन्दुमा पुगेर इतिहास कायम गरेको हो ।

नेप्सेमा सूचिकृत २२८ कम्पनीको ३ करोड ६३ लाख ७७ हजार ९९९ कित्ता शेयर किनबेच हुुँदा २१ अर्ब २० करोड ८९ लाख ४९ हजार ४४५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज २ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक विकास बैंक समूहमा ३३०.४६ अंकले बृद्धि भएको छ । लगत्तै उत्पादन तथा प्रशोधन समूहमा पनि २५५.९२ अंकको बृद्धि भएको छ । आज घट्ने समूहहरुमा व्यापार समूह र म्युचुअल फण्ड समूह रहेको छ ।

त्यस्तै आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा नेशनल हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदि ७८ करोड ८७ लाख माथिको कारोबार भएको हो । त्यस्तै आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त, आँखु खोला जलविद्युत र महालक्ष्मी विकास बैंक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*