नेशनल हाइड्रोपावर सहित आज सर्वाधिक काराबार हुने टप १० कम्पनी
२ भाद्र २०७८, बुधबार १५:०९
काठमाडौं । आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ३ करोड ६३ लाख ७७ हजार ९९९ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २० करोड ८९ लाख ४९ हजार ४४५ रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक काराबोर हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको आज ७८ करोड ८७ लाख ३ हजार ५२० रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै दोस्रोमा अपि पावर कम्पनीको ६३ करोड ४६ लाख, तेस्रोमा लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख, चौथोमा महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख र पाँचौमा ज्योती विकास बैंकको ५६ करोड १५ लाख भन्दा माथिको कारोबार भएको हो ।