नेप्सेमा सूचिकृत ११ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा उत्कृष्ट कुन ? कुनको अवस्था कस्तो ?

२ भाद्र २०७८, बुधबार १५:०८

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जीवन बीमा कम्पनीहरुले मूख्य–मूख्य सुचकहरुमा प्रगति गरेको हालै कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ११ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको (२०७७/०७८) चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा, जीवन बीमा कोष, खुद बीमा शुल्क तथा प्रतिशेयर आम्दानी लगायतका प्रमुख सूचकमा वृद्धि देखिएको छ ।


यद्यपि, विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसको असरलाई जीवन बीमा कम्पनीहरुले आगामी दिनको चुनौतिको रुपमा लिएका छन् । अधिकांश कम्पनीहरुले बीमांकीय मूल्यांकनपछिको नाफा वित्तीय विवरणमा नजोडेको बताएका छन् । बीमांकीय मूल्याकंनपछिको नाफा जोड्दा कम्पनीको नाफा अझै बढ्ने देखिन्छ ।

नेप्सेमा सूचीकृत दुई कम्पनीको खुद नाफा घटेको छ । नाफा घट्नेमा रिलायन्स लाइफ र गुराँस लाइफ रहेका छन् । गुराँस लाइफको खुद नाफा अघिल्ले आर्थिक बर्षको तुलनामा १ दशमलव १५ प्रतिशतले घटेको छ भने रिलायन्स लाइफको खुद नाफा ४ दशमलव ७१ प्रतिशतले घटेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको खुद नाफा वित्तीय विवरणमा प्रकाशन भएको नाफा नै अन्तिम नाफा नभई बीमाङ्की मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ । अन्य कम्पनीहरुले बीमांकीय मूल्यांकनपछिको नाफा वित्तीय विवरणमा नजोडेको बताएका छन् ।

नेप्सेमा सूचिकृत कम्पनीहरुको सूचांकको विश्लेषणमा प्रत्येक बर्ष झैं यस आर्थिक बर्षमा पनि नेपाल लाइफको नै अग्रता कायम भएको तथ्याङ्कले देखाएको छ । चुक्ता पूँजि सबैभन्दा धेरै सात अर्ब १९ करोड रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको विस्तार, खुद बीमाशुल्क आर्जन, नाफा, जीवन बीमा कोष, जगेडा कोष लगायतको सूचक अग्रस्थानमा रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ ।

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक आधारमा बीमा पोष्टले तयार पारेको रिर्पोट यस प्रकार रहेको छ ।

चुक्ता पुँजिको आधारमा

चुक्ता पुँजिको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रहेको छ। जीवन बीमा कम्पनीहरुमा नै सबैभन्दा धेरै पुँजि भएको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हो ।
कम्पनीको हालको चुक्ता पुँजि ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ । बीमा समितिको प्रावधान अनुसार जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजि २ अर्ब रुपैयाँ हुनु अनिवार्य गरिएको छ । बीमा समितिको प्रावधान भन्दा कम्पनीको चुक्ता पुँजीको तीन कम्पनीको गुणा बढी रहेको छ ।

सूचिकृत मध्ये एउटा कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्न बाँकी रहेको देखिएको छ । गुराँस लाइफ इन्स्योरेन्स कमजोर देखिएको छ । यस कम्पनीको चुक्ता पूँजी पनि सबैभन्दा कम १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफपछि नेशनल लाइफको चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ छ । यस्तै, प्राइम, सुर्या, रिलायन्स लाइफ, एशियन लाइफ, एलआइसी नेपाल र ज्योति लाइफ, ज्योति लाइफ र यूनियन लाइपले न्यूनतम २ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी पुराएका छन् ।

जगेडा कोष

नेपाल लाइफको जगेडा कोष अघिल्लो आर्थिक बर्षको तुलनामा घटेपनि एलआईसी नेपालको जगेडा कोष भन्दा अघि रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जगेडा कोषको रकम अन्य वित्तीय क्षेत्रमा राखेको कारण कम्पनीको जगेडा कोषको रकम घटेको हो ।
नेपाल लाइफको जगेडा कोष गत आर्थिक बर्षको तुलनामा ७१ प्रतिशतले घटेको छ । कम्पनीको जगेडा कोष १ अर्ब १ करोड रुपैयाँमा सिमित भएको छ ।
एलआईसी (नेपाल)को जगेडा कोषमा २४ प्रतिशतले वृद्धि भएर ६४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, प्रभु लाइफको जगेडा कोषमा ३९ करोड ५५ लाख रुपैयाँ र रिलायन्स लाइफको जगेडा कोषमा २० करोड ५२ लाख रुपैयाँ रहेको छ।

जीवन बीमा कोषको आधारमा

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफको बीमा कोषमा रकम सबैभन्दा धेरै संचित रहेको तथ्याङ्कले देखाएको छ। कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ।
दोस्रोमा एलआईसी (नेपाल)को जीवन बीमा कोषमा ८१ अर्ब ६ करोड रुपैयाँ रकम संचिति रहेको छ।
त्यस्तै, नेशनल लाइफको ४२ अर्ब ४२ करोड रुपैयाँ, एशियन लाइफको २६ करोड ४८ लाख रुपैयाँ र प्राइम लाइफले १४ अर्ब रुपैयाँ ६९ लाख रुपैयाँ रहेको छ।

खुद बीमाशुल्क नाफाको आधारमा

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये खुद बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कमपनी रहेको छ।
कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ३१ अर्ब ९६ करोड रुपैयाँ, एलआईसी नेपालले १७ अर्ब ४ करोड रुपैयाँ, नेशनल लाइफले १२ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
खुद नाफाको आधारमा

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ नै अगाडि रहेको तथ्याङ्कले देखाएको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५३ करोड रुपैयाँ ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ४० करोड १२ लाख रुपैयाँ रहेको छ । सूर्या लाइफले ३२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

प्रतिशेयर आम्दानीको आधारमा

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये सूर्या लाइफको प्रतिशेयर आम्दानी १४ रुपैयाँ २८ पैसा रहेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रतिशेयर आम्दानी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ।दोस्रोमा प्राइम लाइफको रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा रहेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै, सबैभन्दा कम प्रतिशेयर आम्दानी ज्योति लाइफको ५ रुपैयाँ ९१ पैसा र यूनियन लाइफको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६ पैसा रहेको छ।

उल्लेखित तथ्याङ्कको विश्लेषण गर्दा सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रतिफल दिन भने नसकेको देखिएको छ । अन्य कम्पनीहरुको भन्दा झण्डै आधा प्रतिशेयर आम्दानी भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई नयाँ कम्पनी सूर्या लाइफ लाइफले टक्कर दिन आइपुगेको देखिएको तथ्याङ्कले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*