गणपति लघुवित्तद्धारा ४ नयाँ शाखा विस्तार
२ भाद्र २०७८, बुधबार १४:४२
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्ग मान्यताप्राप्त गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ वटा नयाँ शाखा विस्तार गरेको छ । संस्थाले ३ वटा प्रदेशमा ४ शाखा कार्यालय संचालनमा ल्याएको हो ।
लघुवित्तले प्रदेश नं. १ अन्तर्गत ओखलढुङ्गा जिल्लाको घोराखोरी र यसम, कर्णाली प्रदेशअन्तर्गतको सुर्खेत जिल्लाको छिन्चु र लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको गोबर्डिहामा ४ नयाँ शाखा विस्तार गरेको हो । साथै संस्थाले निकट भविष्यमा अन्य थप ७ संस्था पनि विस्तार गर्ने जनाएको छ ।
योसँगै संस्थाको शाखा कार्यालय ४० पुगेको छ । संस्थाले २० वटा जिल्लामा ग्रामिण क्षेत्रका २८ हजार ३८३ सदस्यलाई वित्तीय सेवा दिदै आइरहेको छ ।
I am interested to job for your laghubit sansatha
I am interested to job in laghubit sansatha in working field I experience in two year