लुम्बिनी जनरल इन्स्योरेन्स प्रदेश १ को मार्केटिङ तालिम तथा अन्तरक्रिया सम्पन्न

२ भाद्र २०७८, बुधबार १२:४१

विराटनगर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदेश नं १ मा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न गरेको छ । कम्पनीका डेपुटी सिईओ रमेश कुमार भट्टराईले प्रदेश नं १ का शाखा प्रमुख, मार्केटिङ शाखाका कर्मचारीहरुलाई तालिम दिएका हुन् । कम्पनीले प्रदेशस्तरीय बार्षिक मार्केटिङ रणनीति सम्बन्धी तालिम तथा अन्तरक्रिया आयोजना गरेको हो ।

हिजो विराटनगरमा आयोजित कार्यक्रममा मार्केटिङ स्टाटिजी बनाउन सहयोग हुने गरी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । निर्जिवन बीमा कम्पनीहरुले बजारिकरणमा अपनाउनुपर्ने रणनीति र योजनाको सम्बन्धमा छलफल भएको कम्पनीले जनाएको छ ।

यसैबीच, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रदेश १ प्रमुखका रुपमा अभिषेक बरालले कार्यभार सम्हालेका छन् । प्रमुख माछापुच्छ्रे बैंक प्रदेश नं २ का रिजनल म्यानेजरबाट बीमा क्षेत्रमा प्रवेश गरेका बरालले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई पूर्व क्षेत्रको बलियो र विश्वासिलो कम्पनीको रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*