नेपाल बङलादेश बैंकको ९ औं विस्तारित सेवा केन्द्र पोखरामा
काठमाडौें । नेपाल बङलादेश बैंकले आफ्नो ९ औं बिस्तारित सेवा केन्द्रको शुुभारम्भ गरेको छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा न ३० खुदी ढुुङेपाटनमा बिस्तारित सेवा केन्द्र स्थापना गरेको हो ।
उक्त सेवा केन्द्रको उद्धघाटन पोखरा महानगरपालिका वडा ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका थिए । बैंकले महानगरपालिकाका वडा न २९, ३०, ३१, ३२ र ३३ मा वित्तीय पहुंच पुर्याई रहेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुराउने उद्देश्यका साथ सेवा केन्द्र सञ्च्ँँलनमा ल्याएको हो ।
उक्त केन्द्रबाट यस क्षेत्रमा छरिएर रहेको पुंजीलाई एकीकृत गर्न सघाउ पुुग्नका साथै रेमिट्यान्स, चेक क्लियरिङ तथा ब्यवसायजन्य कारोबार नजिकैबाट गर्न सकिने विश्वास बैंकले लिएको छ ।
हाल देशभरमा १०० शाखा, ८ एक्सटेन्सन काउन्टर तथा ८१ एटिएमबाट सेवा दिदैै आइरहेको छ ।