रुरु जलविद्युत कम्पनीले २१ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस दुवै पाइने
२ भाद्र २०७८, बुधबार १०:५९
काठमाडौं । रुरु जलविद्युत कम्पनीले आफ्ना शेयरधनीहरुलाई दुई आर्थिक वर्षको सञ्चालन मुनाफाबाट कूल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हिजो अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले आव २०७६।०७७ तथा २०७७।०७८ को सञ्चालन मुनाफाबाट ११.०५ प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष आषिस सुवेदीका अनुसार आव २०७६।७७ को मुनाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरिनेछ भने आव २०७७।०७८ मा आर्जित मुनाफाबाट ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनको लागि) र १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
सो निर्णय कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।