पाँच लाखको बीमा गरेका नयन सिंहको दुर्घटनामा निधन, मिना रोकायालाई सानिमा लाइफद्वारा १५ लाख दावी भुक्तानी

१ भाद्र २०७८, मंगलवार २३:५५

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका धनगढी, सिगास गाउँपालिका–५ का नयन सिंह रोकायाका दुर्घटनामा मृत्यु भएको छ । कम्पनीले मृतकको श्रीमती मीना रोकायालाई बीमा दाबी भुक्तानी बाफतको १५ लाख २० हजार हस्तान्तरण गरेको जनाएको छ ।

नयन सिंह रोकायाले २०७६ जेठ २८ गते सानिमा लाइफ धनगढीबाट पाँच लाख रुपैयाँ बीमाङ्कको बीमा गरेकोमा उनको केही पहिले दुर्घटनामा निधन भएको थियो । जीवित हुँदैमा आफ्ना परिवारका सदस्यप्रति जिम्मेवारीपूर्वक उनले बीमा गरेका कारण आश्रित परिवारको बाँकी जीवन थप सहज हुने भएको छ ।

सानिमा लाइफमा इन्स्योरेन्स कम्पनीमा दुर्घटनाको अतिरिक्त लाभ लिन पाइने बीमा पोलिसी खरिद गरेका कारण उनमा आश्रित परिवारले बीमा शुल्कको तीन गुणा दावी भुक्तानी प्राप्त गरेका छन् ।

मृतकी श्रीमती मीना रोकायाले कम्पनीबाट आज एक कार्यक्रमका बीचमा रकम बुझेकी हुन् । सानिमा लाइफको जीवन बीमा योजनामा दुर्घटनामा मृत्यु भएमा बोनश सहित तीन गुणा बीमांक र कालगतीमा मृत्यु भएमा बोनश सहित दुइ गुणा बीमांक उपलब्ध हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

शिगास गाउपालिका वडा न. ५का वडा अध्यक्ष राम बहादुर धामी, स्थानीय समाजसेवी टिका धामी, धनगढी शाखा प्रमुख हेमन्त बहादुर सिंह, बजार शाखाकी कर्मचारी बिद्या सिंह र परम्धन राना मेनेजर किसन बहादुर चौधरी, गंगा राम रानाको उपस्थिति रहेको थियो । रकम बुझेकी मीना रोकायाले उक्त रकमको सदुपयोग गर्ने, बालबच्चाको भविष्यको लागि खर्च गर्ने जनाएकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*