किसान लघुवित्तको खुद नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?

१ भाद्र २०७८, मंगलवार १६:४३

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले १४ करोड ९० लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८५८.०५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा संस्थाले ७६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाले खुद ब्याज आम्दानी समेत बढाएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा संस्थाले ९ करोड ९० लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिसम्ममा ३१३.४२ प्रतिशतले बढेर ४० करोड १० लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । संस्थाको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफ बढ्नमा टेवा पुगेको हो ।

असार मसान्तसम्ममा संस्थाको संचालन मुनाफा ९२९.२६ प्रतिशतले बढेर १७ करोड ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा संस्थाले यस्तो मुनाफा १ करोड ६५ लाख २३ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।

त्यस्तै संस्थाको हाल कायम चुक्तापूँजी ३९ करोड लाख रुपैयाँ रहेकोमा जगेडा कोष २४ करोड २५ लाख रुपैयाँ संचित रहेको छ । संस्थाको वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ६२ पैसा रहेको छ ।

संस्थाले १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको १२ लाख ८९ हजार २५९ कित्ता एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोेर्डमा निवेदन दिइसकेको छ । बोर्डबाट स्वीकृति पाएपश्चात् संस्थाले एपपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*