मन्दाकिनी हाइड्रोपावरले साढे १८ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा बिओके क्यापिटल
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा बिओके क्यापिटललाई नियुक्त गरेको हो ।
कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । आइपीओ निष्काशत तथा बिक्री प्रबन्धक सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारमा बिओके क्यापिल मार्केट लिमिटेडलाई आज नियुक्त गरेको हो ।
दुईपक्षबीच भएको उक्त सम्झौतामा हाइड्रोपावरका तर्फबाट संचालक समितिका अध्यक्ष महेश बहादुर बस्नेत र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरमा १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार १११ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।