एमाले विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा, नेकपा एकीकृत नामको पार्टी घोषणा गर्ने माधव नेपालको तयारी

१ भाद्र २०७८, मंगलवार १४:२६

काठमाडौं । यसअघि तत्कालिन प्रधानमन्त्रीकै शैलीमा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले पनि संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेका छन् ।

आज बसेको मन्त्रिपरिषदको बैठकले दल विभाजन सम्बन्धी ऐनले एमालेको माधव कुमार नेपाल समुहलाई पार्टी विभाजन गर्न अप्ठेरो परेपछि संसद बैठक अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न लागेका हुन् ।

आज जारी गर्न सिफारिस गरिएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत मत भएमा दल विभाजन हुने व्यवस्था गरिएको छ । नयाँ व्यवस्था अनुसार एमालेका माधव कुमार नेपाल तथा जसपाबाट महन्त ठाकुरहरुलाई दल विभाजन गर्न बाटो खुलेको छ ।

उता, एमाले विभाजन गर्ने उद्देश्यले प्रधानमन्त्री शेर बहादुर देउवाले नयाँ अध्यादेश ल्याएसँगै माधव कुमार नेपाल समुहले पनि नयाँ दल दर्ता गर्ने प्रयास सुरु भएको छ । माधव नेपाल निकट स्रोतका अनुसार राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी हुने वित्तिकै नयाँ पार्टी विभाजन गर्ने तयारी भइसकेको छ । माधव नेपाल समुहले नेकपा एकीकृत नामक नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेर तयारी अवस्थामा राखिसकेको जनाइएको छ ।

राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी हुने वित्तिकै जीवन राईको अध्यक्षतामा रहेको नेकपा एकीकृत पार्टीको अध्यक्षमा माधव कुमार नेपाल चयन भई अन्य पदाधिकारीहरु समेत चयन गरी नेतृत्व हस्तान्तरण हुने र सोही पार्टीले आधिकारिकता पाउने गरी तयारी भइरहेको बुझिएको छ । यद्यपि अन्तिम निर्णय भने अझै भइसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*