नेप्सेमा प्रभु बैंकको ८ दशमलव ५ प्रतिशत ऋणपत्र सूचीकृत
१ भाद्र २०७८, मंगलवार १४:१५
काठमाडौं । नेप्सेमा प्रभु बैंकको ८ दशमलव ५ प्रतिशत ऋणपत्र सूचीकृत भएको छ ।नेप्सेमा बैंककोे २६ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो । लगानीकर्ताले यो ऋणपत्र बुधवारदेखि खरीदविक्री गर्न पाउनेछन् ।
नेप्से र उक्त कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै बुधवारबाट कम्पनीको ऋणपत्रको कारोबार शुरु हुनेछ ।