पुरानो लाभांश लिन छिमेक लघुवित्तद्धारा शेयरधनी आग्रह
१ भाद्र २०७८, मंगलवार १३:४७
काठमाडौं । छिमेक लघुवित्त वित्तीयले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारित हुदै आएको ५ बर्ष पुरानो लाभांश लिन आग्रह गरेको हो ।
पुरानो लाभांश नलिएका शेयरधनिहरुले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवश्यक कागजात सहित शेयर रजिष्ट्रार एनएमबि क्यापिटल नागपोखरी काठमाडौमा सम्र्पक राख्न भनिएको छ ।
साथै तोकिएको अवधि भित्र लाभांश लिन नआएको खण्डमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।