सनराइज बैंकद्धारा ३ शाखारहित बैकिङ सेवा संचालन
१ भाद्र २०७८, मंगलवार १३:१९
काठमाडौँ । सनराइज बैंकद्धारा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेकोे छ । बैंकले आफ्नोे बैंकिङ पहुँच सबै ठाउँ पुर्याउने हितले ३ शाखारहित बैेंकिङ सेवा बिस्तार गरेकोे हो ।
बैकले बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा न ३ नौबस्ता, रौतहट जिल्लाको चन्दं्रपुर नपरपालिका वडा न ९ चेतनगर विर्ता र सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा न.५ लडकन्हामा शाखारहित बैकिंङ सेवा विस्तार गरेको हो । साथै उक्त शाखारहित बैंकिङ सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीका लागि व्यावसायिक प्रतिनिधिहरु पनि नियुक्त गरेको जनाएको छ ।
३ शाखारहित बैंकिङ सेवा बिस्तार गरेसँगै ८७ वटा पुगेका छन् भने बैंकका शाखा कार्यालय १३९ रहेका छन् ।