कोरोनाका कारण सोल्टी होटल साढे १८ करोड बढी खुद नोक्सानीमा, अन्य सूचक समेत ऋणात्मक

१ भाद्र २०७८, मंगलवार ११:३४

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १८ करोड ६० लाखभन्दा बढी खुद नोक्सानी बेहोरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

समिक्षा अवधिमा कम्पनीको आम्दानी समेत घट्न पुगेको छ । अघिल्लो आवमा १ अर्ब २६ करोड ४० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेकोमा गत आवमा ६५.८७ प्रतिशतले घटेर ४३ करोड ११ लाख रुपैयाँँ मात्र आम्दानी गरेको छ । कोरोनाका कारण एक गत वर्ष तीन महिना होटल बन्दाबन्दीका कारण होटल आम्दानीमा प्रभाव पर्न गएको हो ।

कम्पनीको चालू सम्पत्ति २५ करोडभन्दा बढी र चालू दायित्व ३७ करोड ८३ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको जगेडा कोष समेत घटेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा ८१ करोड ४६ लाखभन्दा बढी रहेको जगेडा कोष गत आर्थिक वर्षमा ६२ करोड ११ लाख रुपैयाँ मात्र रहको छ । जुन अघिल्लो आवको तुलनामा २३ दशमलव ७५ प्रतिशतले कम हो ।

कम्पनीको हालको चुक्तापूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेकोमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ २१ पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेर नेटवर्थ १७ दशमलव ३७ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*