एभरेष्ट बैंकको क्युआर कोडबाट साझाका पेट्रोल पम्पमा भुक्तानी
१ भाद्र २०७८, मंगलवार ११:१६
काठमाडौँ । एभरेष्ट बैंक र साझा सेवा सहकारी संस्थाबीच सम्झौता भएको छ । दुईपक्षबीच क्युआर कोडबाट भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौता पश्चात अब एभरेष्ट बैंकको क्यूआर कोडबाट साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोल पम्पमा भुक्तानी गर्न सकिने छ ।
उक्त सेवाको सुरुवात बैंकका बागमति प्रदेश प्रबन्धक सन्तोष भट्टराई र संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्त रुपमा गरेका हुन् । संस्थाले सञ्चालन गरेको पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ किन्दा बैंकको क्यूआर कोडबाट भुक्तानी गर्दा संस्थाको पुल्चोकस्थित शाखामा रकम जम्मा हुने बैंकले जनाएको छ ।