न्यादी हाईड्रोपावरको आईपिओ आजदेखि खुल्ला, सबैले भर्न नपाउने, कस–कसले पाउन् भर्न ?
काठमाडौं । साउनको अन्तिम दुई साता आईपिओमय भएर केही मत्थर हुन नपाउँदै आजदेखि पुनः नयाँ आईपिओ खुल्ला भएको छ । न्यादी हाइड्रोपावर लिमिटेडले आज (भदौ १ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ । न्यादी हाईड्रोको आईपिओ आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनी कम्पनीमा कार्यरत कर्मचारीका लागि मात्र आईपीओ निष्काशन गरेको हो । सो बाहेकका अन्य सर्वसाधारणले उक्त आईपिओ भर्न पाउने छैनन् ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ ।
उक्त आईपिओमा लमजुङ जिल्लाका केही स्थानीयबासीले मात्रै आवेदन भर्न पाउनेछन् । कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुले मात्रै उक्त आईपिओमा आवेदन दिन पाउनेछन् ।
सर्वसाधारणको लागि मात्रै भएकोले मेरो शेयरबाट आवेदन दिन पाइने छैन । सर्वसाधारणको लागि १० लाख कित्ता शेयर निष्काशन गरेको हो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गर्न लागेको हो ।
आजदेखि निष्काशन भएको आईपिओ छिटोमा भदौ १५ गते बन्द हुने कम्पनीले जनाएको छ ।
आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।