वाणिज्य बैंकहरुको खुद नाफा २० प्रतिशतले बढ्यो, कुन बैंकको कति ?

३२ श्रावण २०७८, सोमबार १८:२७

काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफामा २० दशमलव १७ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा बैंकहरुले ६३ अर्ब ४५ लाख खुद नाफा आर्जन गरेका छन् ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकहरुले ५२ अर्ब ८० करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए । कोरोना महामारीको बीचमा पनि वाणिज्य बैंकहरुले आफनो नाफा बढाउन सफल भएको छ।

गत आर्थिक बर्षको चौथौ त्रैमासमा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा पाँच वाणिज्य बैंकको मुनाफा भने अघिल्लो आर्थिक बर्षको तुलनामा घटेको छ । यस अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टड, नेपाल एसबिआई बैंक, र एभरेष्ट बैंकको नाफा घटेको देखिएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा नेपाल एसबिआई बैंकको खुद नाफा सबैभन्दा धेरै ३७.७४ प्रतिशतले घटेर ९६ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १३ प्रतिशत स्र्टान्डर्ड च्याटर बैंकको २९ प्रतिशत र नेपाल एसबिआई बैंकको ३७ प्रतिशतले खुद नाफा घटेको छ ।
गत आर्थिक बर्षमा पाँच वाणिज्य बैंकले अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा धेरैले खुद नाफा वृद्धि गरेका छन् । यस अवधिमा नेपाल बंगलादेश बैंक, कुमारी बैंक, प्रभु बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ५० प्रतिशतभन्दा धेरैले नाफा बढाएका छन् ।

नेपाल बंगलादेश बैंकले सबैभन्दा धेरै ८४ दशमलव १७ प्रतिशत, कुमारी बैंकको ७२ दशमलव ७४ प्रतिशत, प्रभु बैंकको ६८ दशमलव ४५ प्रतिशत, एनएमबि बैंकको ५९ दशमलव ४२ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ५० दशमलव ६९ प्रतिशत रहेको छ ।

यस अवधिमा मेगा, प्राइम, ग्लोबल आइएमई, सिटिजन्स, सिद्धार्थ, नेपाल बैंक र नबिल बैंकले ३० देखि ४५ प्रतिशतसम्म नाफा बढाएका छन् भने माछापुच्छ्रे, सानिमा, हिमालयन, एनसीसी, कृषि विकास बैंक, सनराइज बैंकको नाफा १० देखि ३० प्रतिशत बीचमा बढेको छ । यस अवधिमा लक्ष्मी, बैंक अफ काठमाण्डू, एनआईसी एशिया बैंक, र सिभिल बैंकको नाफा सामान्य बढेको छ ।
गत आर्थिक वर्षमा नबिल बैंकले सबैभन्दा धेरै चार अर्ब ५० करोड खुद नाफा आर्जन गर्दा ग्लोबल आइएमई बैंकले पनि चार अर्ब १२ करोड बढी खुद नाफा कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया बैंक, र नेपाल बैंकले तीन अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् ।त्यस्तै, गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा अन्य आठ वाणिज्य बैंकहरु हिमालयन, सिद्धार्थ, एनएमबि, मेगा, नेपाल बंगलादेश, सानिमा, प्रभु बैंक र कुमारी बैंकले गत आर्थिक वर्षमा दुई अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । एभरेष्ट, माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी, बैंक अफ काठमाण्डू, सनराइज, स्ट्याण्डर्ड चार्टड, र एनसीसी बैंकले दुई अर्बभन्दा कम एक अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् ।
तीन बैंकको नाफा एक अर्बभन्दा कम, ६ बैंकले एक अर्बभन्दा धेरै बढाएर गत आर्थिक वर्षमा तीन वाणिज्य बैंकहरु नेपाल एसबिआई बैंक, सेञ्चुरी बैंक र सिभिल बैंकको नाफा १ अर्बभन्दा कम नाफा आर्जन गर्न सफल भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*