महालक्ष्मी विकास बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट

३२ श्रावण २०७८, सोमबार १६:४८

काठमाडौँ । महालक्ष्मी विकास बैकले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने हितले कान्तिपुर अस्पतालसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावत र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालयन विक्रम मल्ल ठकुरीले हस्ताक्षर गरेका हुन ।

सम्झौतापश्चात अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा निःशुल्क एम्बुलेन्स सेवा पाउनुका साथै बेड चार्ज आइसीयू, एचसीयुु, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशतसम्म छुुट पाउने सक्नेछन् ।

योेसँगै जनरल बेड चार्रज क्याबिन, इन्भेस्टिगेसन (ल्याब, एक्सरे, युएसजी, इसीजी, इन्डोसकपी, पीएफटी, टीएमटी), प्रोसिड्युर चार्ज (प्लास्टर, स्टिचिङ, ड्रेसिङ)मा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*