लक्ष्मी बैंकको नयाँ शाखा रौतहटको गरुडामा

३२ श्रावण २०७८, सोमबार १६:१०

काठमाडौँ । लक्ष्मी बैंकले थप १ नयाँ शाखा बिस्तार गरेको छ । बैंकले रौतहड जिल्लाको गरुडा नगरपालिका वडा न. ४ गरुडा बजारमा आफ्नो १३४ औँ शाखा बिस्तार गरेको हो ।

लक्ष्मी बैंकले अहिले देशभर नै आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा उपलब्ध गराउने हितले शाखा बिस्तारलाई तिव्रता दिइरहेको छ । नयाँ शाखाबाट बैंकका ग्राहकहरु वित्तीय आवश्यता पुरा गर्नुका साथै साना तथा लघुु व्यवसायीहरु माझ वित्तीय पहुँच पुराउने लक्ष्य बैंकले राखेको छ ।

थप नयाँ शाखा बिस्तार गरेसँगै बैंकले ४९ जिल्लामा १३४ शाखा कार्यालय र १६३ एटिएमबाट बैंकिङ सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*