सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सिईओमा बैदवारलाई पुनः नियुक्ती, स्वीकृतिको लागि बीमा समिति पुग्यो फाइल

३२ श्रावण २०७८, सोमबार १५:३९

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिईओ वीरेन्द्र बैदवारको पदावधी आगामी भदौं ३ गतेबाट सकिदैछ । पदावधी सकिनु अघि नै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले बैदवारलाई सिईओमा नियुक्ती गर्ने निर्णय गरी स्वीकृतिको लागि बीमा समितिमा पेश गरेको छ । एक सञ्चालकले दिएको जानकारी अनुसार उनलाई थप चार वर्षका लागि सिईओमा नियुक्तीको लागि निर्णय गरिएको हो । यद्यपि बीमा समितिबाट स्वीकृत भइसकेको छैन ।

बैदवार सिद्धार्थ इन्स्योरेन्समा विगत १४ वर्षदेखि कार्यरत अनुभवी बीमा प्रशासक हुन् । पछिल्लो समय उनी आठ वर्षदेखि फस्ट म्यानको रुपमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा कार्यरत छन् । बरिष्ठ प्रबन्धकबाट सहायक महाप्रबन्धक हुँदै २०७१ सालदेखि उनी सिद्धार्थ इन्स्योरेन्सको कार्यकारीको भूमिकामा छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*