५ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज कमाउने र गुमाउने कम्पनी
३२ श्रावण २०७८, सोमबार १५:२८
काठमाडौं । आज साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुुदा करिब १६ अर्बको कारोबार भएको छ ।
आज नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडि हाइड्रोपावर डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै रु रु जलविद्युुत परियोजनाको ९ दशमलव ४४ प्रतिशत अंकले बृद्धि भई सर्वाधिक कमाउन सफल भएका हुन् ।
आज गुमाउने कम्पनीहरुमा आईसीएफसी फाइनान्सको ६.२७ प्रतिशत अकं, माउन्टेन इर्नजी नेपालको ५.३३ प्रतिशत अकं, यूनियन लाईफ इन्स्योरेन्सको ४.५३ प्रतिशत अकं, ङादी गु्रप पावरको ४.३३ प्रतिशत अकं र नेपाल एसबिआइ बैंकको ३.४१ प्रतिशत अकंले घटेको हो ।