नेप्से सामान्य अंकले बढ्दा १५ अर्ब माथिको कारोबार, ७ समूहमा छायो हरियाली
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५.७५ अंकले बृद्धि भई ३१६०.०९ विन्दुमा कायम भएको छ ।
सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँको कारोबार भएको छ । हिजो आइतबार नेप्सेमा २१ अर्ब माथिको कारोबार गरी नेप्सेले ऐतिहासिक रेकर्ड नै ब्रेक गरेको थियो ।
नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये ७ समूहमा आज हरियली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहमा १५८.९८ अंकले बृद्धि भएको छ ।
सर्वाधिक काराबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको आज ७४ करोड ९७ हजार ४५६ रुपैयाँको कारोबार भएको हो । त्यस्तै आज ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडि हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्त रहेका छन् ।