ब्याज आम्दानी घट्दा नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशतले घट्यो

३२ श्रावण २०७८, सोमबार १४:४०

काठमाडौं । नेपाल एसबिआई बैंकको आर्थिक वर्षको असार मसान्तसम्ममा खुद नाफामा गिरावट आएको छ ।

समिक्षा अवधिसम्ममा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत वर्षको खुद नाफा ३८ प्रतिशतले घटेर ९६ करोड रुपैयाँमा कायम भएको छ । अघिल्लो आवमा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी समेत घट्न पुगेको छ । अघिल्लो आवमा ४ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको बैंकले गत आवमा २९ प्रतिशतले घटेर २ अर्ब ८६ करोड रुपैयाँ ब्याज आम्दानी आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप १ खर्ब ४ अर्ब रहेकोमा कर्जा ९६ अर्ब रहेको छ । अघिल्लो आवमा बैंकको निक्षेप १ खर्ब १० अर्ब थियो भने कर्जा ८९ अर्ब रहेको थियो । पूँजीकोष अनुपात १३.९३ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ०.२३ रहेको छ ।

बैंकको हाल चुक्तापूँजी ९ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा वार्षिक प्रतिशेयर आम्दानी १०.१२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.४१ गुणा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*